काठमाडौं– जल तथा मौसम विज्ञागका अनुसार अहिले हाल नेपालमा पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
यसका साथै देशको पूर्वी भू–भागमा बंगालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित नामक शक्तिशाली सामुद्रिक आँधी ‘MICHAUNG’ कोसमेत आंशिक प्रभाव रहेको छ ।
अहिले कोशी र लुम्बिनी प्रदेशको साथै देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक ...


