नेपाली फिल्म निर्माण गर्दै अमेरिकाका सफल व्यवसायी

KalakarmiKalakarmiSourceJun 5, 20241 min read
नेपाली फिल्म निर्माण गर्दै अमेरिकाका सफल व्यवसायी
काठमाडौं– पछिल्लो डेढ दशकदेखि अमेरिकामा बसोबास गर्दै आइरहेका प्रिन्स युवराज कार्की सर्लाहीका स्थायी वासिन्दा हुन् । अमेरिकामा सफल नेपाली व्यवसायीको रुपमा परिचय बनाएका कार्की अब भने नेपाली फिल्म निर्माताको रुपमा अघि बढ्ने भएका छन् । उनले नेपाली फिल्म निर्माण गर्ने तयारी थालेका छन् । केहि समयअघि औपचारिक घोषणा गरिएको फिल्म ‘राजमहल’ मार्फत उनी निर्माताको रुपमा नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्दैछन् । अमेरिका पुग्ने नेपाली फिल्मकर्मीलाई राम्रो स्वागत र सम्मान गर्दै आएका व्यवसायी कार्कीले टेलिभिजन कार्यक्रम ‘सफलताको कथा’ मा अभिनेता राजेश हमालसंग आफ्नो सफलताको कथा र आफ्नो संघर्षको कथा सुनाएका छन् ...