‘गाउँ आएको बाटो’ मा गरेको कामको प्रतिक्रिया बटुल्न उत्साहित छिन् संगीतकार हाइडी ली

KalakarmiKalakarmiSourceJun 3, 20241 min read
‘गाउँ आएको बाटो’ मा गरेको कामको प्रतिक्रिया बटुल्न उत्साहित छिन् संगीतकार हाइडी ली
काठमाडां– यही जेठ २५ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘गाउँ आएको बाटो’ को नेपाल प्रीमियरमा सहभागि हुन संगीतकार हाइडी ली काठमाडौं आइपुगेकी छिन् । नविन सुब्बाद्वारा निर्देशित यो फिल्ममा हाइडीले पार्श्व ध्वनीमा काम गरेकी छिन् । फिल्मको एउटा पार्श्व संगीत पनि हाइडी नै सिर्जना गरेकी हुन् । यसअघि उनी फिल्मकाृृे गीतमा संगीत भर्न नेपाल आएकी थिइन् । फिल्ममा काम गर्नुअघि उनी अनुसन्धानकै लागि पनि एक पटक नेपाल आएकी थिइन् । यो उनको तेस्रो नेपाल भ्रमण हो । हाइडीले राई सँस्कृतिको लय, धुनमाथि अध्ययन गर्दै परम्परागत र पश्चिमा संगीत मिश्रण गर्दै ...