उद्योगपति वरुण चौधरी भन्छन्– ‘नेपाली फिल्म क्षेत्रका फूलहरुले सिंगो देशलाई नै सुगन्धित बनाएको छ’

KalakarmiKalakarmiSourceJun 2, 20241 min read
उद्योगपति वरुण चौधरी भन्छन्– ‘नेपाली फिल्म क्षेत्रका फूलहरुले सिंगो देशलाई नै सुगन्धित बनाएको छ’
काठमाडौं– उद्योगपति तथा चौधरी ग्रुपका प्रवन्ध निर्देशक वरुण चौधरीले नेपाली फिल्म क्षेत्रको खुलेर प्रशंसा गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित सातौं संस्करणको ‘एलजी सिने सर्कल अवार्ड २०८०’ समारोहमा उद्योगपति चौधरीले लोकप्रिय कलाकारहरुले खचाखच भरिएको आर्मी अफिसर्स क्लबको प्रेक्षालयमा स्वागत मन्तब्य व्यक्त गर्दै नेपाली फिल्मको विकासको खुलेर प्रशंसा गरेका हुन् । एलजी सिने सर्कल अवार्डको आयोजक संस्था सिनेमा सर्कल नेपालको संरक्षकसमेत रहेका चौधरीले नेपाली फिल्म क्षेत्रलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नेपाली फिल्म क्षेत्रमा फूलेका फूलहरुले सिंगो नेपाल देशलाई नै सुगन्धित बनाएको धारणा व्यक्त गरेका हुन् । नेपाली कलाकारिताप्रति ...