कालीकोट– लोपउन्मुख राउटे जातिका मुखिया सूर्यप्रकाश शाहीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एउटा अनौठो उपहार दिएका छन् ।
मुखिया शाहीले एमाले अध्यक्षलाई आफ्नो समुदायले जीविकोपार्जनका लागि बनाउँदैं आएको काठबाट बनेको ‘कोसी’ उपहार दिएका हुन् ।
बैतडीबाट प्रारम्भ भएको नेकपा एमालेको ‘झुलाघाट–चिवा भञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’ अभियानको क्रममा दैलेख जिल्लाको गुराँसे गाउँपालिकामा प्रवेश गर्ने क्रममा फूलमालाले स्वागत गर्दै राउटे मुखिया शाहीले उक्त उपहार दिएका हुन् ।
उपहार ग्रहण गर्दै एमाले अध्यक्ष ओलीले राउटे मुखिया शाहीलाई आफूले लगाएको फुलको माला लगाइदिएका थिए ।
त्यसक्रममा एमाले अध्यक्ष ओलीले आफ्नो पार्टी राउटे ...
राउटेका मुखियाबाट कोसी उपहारमा पाउँदा दंग ओली


