(फाइल तस्बिर)
काठमाडौं– जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।
जिल्ला अदालत काठमाडौँले सोमबार विप्लवसहित चार जना नेताविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो । विप्लवसहितका उच्च नेताहरुविरुद्ध जिल्ला अदालत काठमाडौँमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो ।
अदालतको सूचनामा २०८० साल मंसिर १० गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) अनुसार ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको उल्लेख छ ।
पक्राउ पुर्जी जारी भएका शीर्ष नेताहरूमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, अखिल ...
विप्लवविरुद्ध पक्राउ पूर्जी ?


