एलजी सिने सर्कल अवार्ड-२०८०: ‘दिमाग खराब’ को वर्चस्व

KalakarmiKalakarmiSourceMay 31, 20241 min read
एलजी सिने सर्कल अवार्ड-२०८०:  ‘दिमाग खराब’ को वर्चस्व
काठमाडौं– नेपाली फिल्म क्षेत्रमा हरेक वर्ष नियमित रुपमा आयोजना हुँदै आएको एकमात्र अवार्ड समारोह ‘एलजी सिने सर्कल अवार्ड–२०८०’ को सातौं संस्करणमा निश्चल बस्नेतद्वारा निर्देशित फिल्म ‘दिमाग खराब’ ले वर्चस्व कायम गरेको छ । अघिल्लो वर्ष व्यवसायिक रुपमा सफल भएको यो फिल्मले वर्षकै सर्वोत्कृष्ट फिल्मको अवार्डका साथै सर्वोत्कृष्ट निर्देशक (निश्चल बस्नेत), सर्वोत्कृष्ट अभिनेत्री (स्वस्तिमा खड्का), सर्वोत्कृष्ट छायांकार (सुसन प्रजापति) तथा सर्वोत्कृष्ट सम्पादन (निमेष श्रेष्ठ) गरी सर्वाधिक पाँच वटा अवार्ड जित्न सफल भएको हो । सिनेमा सर्कल नेपालले विगत सात वर्षदेखि आयोजना गर्दै आएको अवार्ड समारोह शुक्रवार साँझ भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा ...