काठमाडौं- रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु भएको पुष्टि भएको। युक्रेनसँगको लडाइँका क्रममा उनीहरुको मृत्यु भएको हो।
परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै रुसी सेनामा गएका ६ जना नेपालीको हालै मृत्यु भएको जानकारी आएको पुष्टि गरेको छ।
मन्त्रालयका अनुसार मृत्य हुनेमा सन्दीप थपलिया ९गोरखा०, रुपक कार्की वाणगंगा १, कपिलवस्तु, देवान राई पोखरा, कास्की, पितम कार्की पुतलीबजार(५, स्याङ्गजा, राजकुमार रोका मेलुङ्ग(६, दोलखा र गंगाराज मोक्तान इलाम(५, इलामको निधन भएको हो ।
सरकारले रुसी सरकारलाई उनीहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको छ । नेपाली नागरिकलाई रुसी ...


