जकार्ता– पश्चिमी इन्डोनेसियाको सुमात्रामा ज्वालामुखी विष्फोट हुँदा ११ जना पर्वतारोहीको निधन भएको छ । उद्धार टोलीले उनीहरुको शव फेला पारेको हो ।
सोमबार तीन जनाको उद्धार गरिएको थियो भने १२ जना अझै बेपत्ता रहेको बताइएको छ । ज्वालामुखी विष्फोट हुँदा त्यस क्षेत्रमा ७५ आरोही उपस्थित थिए ।
घाइतेमध्ये केहीले सामान्य आगो लागेको गुनासो गरेका छन् । उक्त क्षेत्रबाट हालसम्म ४९ जनालाई सकुशल बाहिर निकालिएको छ ।
आइतबार सक्रिय ज्वालामुखी माउण्ट मारापीबाट निस्किएको खरानी हावामा तीन किलोमिटरसम्म पुगेको थियो । माउन्ट मारापी इन्डोनेसियाको १२७ सक्रिय ज्वालामुखी मध्ये एक हो ।
स्थानिय प्रशासनले खतराको चेतावनी जारी ...
इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ आरोहीको मृत्यु


