नयाँ दिल्ली- भारतका मध्य प्रदेश, छत्तीसगढ र राजस्थानमा भारतीय जनता पार्टीको जितपछि सोमबार शेयर बजारमा ठूलो उछाल आएको छ ।
एक प्रतिशतभन्दा बढीको वृद्धिसँगै सेयर बजारले विगतका सबै रेकर्ड तोडेको छ । यो वृद्धिसँगै मानिसहरूले बजारमा ४।९७ लाख करोड रुपैयाँ कमाएका छन्।
बीएसई सेन्सेक्स ८७७.४३ अंकको वृद्धिको साथ ६८३५८.६२ मा पुगेकाे छ। बीएसईमा सूचीबद्ध कम्पनीहरूको बजार पूंजीकरण सोमबार बिहान ३३७.६७ लाख करोड रुपैयाँबाट बढेर ३४२.६४ लाख करोड रुपैयाँ पुगेको छ।
अदानी इन्टरप्राइजेज र अदानी पोर्ट्सले क्रमशः ६.७९ र ४.५२ प्रतिशतले बढेको सबैभन्दा ठूलो उछाल देखाएको छ ।
यसबाहेक एसबीआई, आईसीआईसीआई बैंक, भारती एयरटेल, ...


