काठमाडौंमा किम्फ प्रारम्भ, उद्घाटन समारोहमा नेपालमा छायांकन भएको फिल्म प्रदर्शन

KalakarmiKalakarmiSourceMay 29, 20241 min read
काठमाडौंमा किम्फ प्रारम्भ, उद्घाटन समारोहमा नेपालमा छायांकन भएको फिल्म प्रदर्शन
काठमाडौं– इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’ को एसिया प्रीमियरसँगै २१औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) बुधवारदेखि प्रारम्भ भएको छ । फिल्म प्रदर्शनअघि भएको उद्घाटन समारोहमा किम्फकी अध्यक्ष रम्यता लिम्बूले महोत्सवको थिम परिवर्तको प्रतिध्वनिले किम्फकै परिवर्तनलाई पनि इंगित गर्ने बताइन् । किम्फको दुई दशक लामो यात्रामा दर्शक, ओटिटीको प्रभाव, कोभिड र आर्थिक पक्षले नयाँ–नयाँ परिवर्तनहरु आत्मसात गर्दै अघि बढेको उल्लेख गरिन् । उनले भनिन्– ‘किम्फमा छनोट भएका विदेशी फिल्ममार्फत विश्वव्यापी र नेपाली फिल्ममार्फत हाम्रै समाजका मुद्दाहरु र कथाशैलीबारे जानकारी तथा अनुभव लिन पाइन्छ।’ काठमाडौं महानगरपालिकाका प्रतिनिधि प्रदिप परियारले महानगरपालिका ...