‘एलजी सिने सर्कल अवार्ड-२०८०’ को सम्पूर्ण तयारी पुराः रोक्का र खड्कालाई लाइफ टाइम अचिभ्मेन्ट अवार्ड

KalakarmiKalakarmiSourceMay 29, 20241 min read
‘एलजी सिने सर्कल अवार्ड-२०८०’ को सम्पूर्ण तयारी पुराः रोक्का र खड्कालाई लाइफ टाइम अचिभ्मेन्ट अवार्ड
काठमाडौं– नेपाली फिल्म क्षेत्रमा हरेक वर्ष नियमित रुपमा आयोजना हुँदै आएको एकमात्र अवार्ड समारोह ‘एलजी सिने सर्कल अवार्ड–२०८०’ को सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्था सिनेमा सर्कल नेपालले जनाएको छ । आयोजक संस्थाले पर्दा पछाडि रहेर कार्य गर्ने प्राविधिकको सम्मानमा विगत सात वर्षदेखि यो अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ । समारोहमा उत्कृष्ट पोस्टर, ट्रेलर, भीएफएक्स, स्टन्टआदि विधासहित विभिन्न २३ विधामा अवार्ड वितरण गरिँदैछ । सातौं संस्करणको एलजी सिने सर्कल अवार्ड–२०८० यही शुक्रवार दिउँसो काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा प्रदान गरिँदैछ । यो वर्षको अवार्डमा २०८० मा प्रदर्शन भएका उत्कृष्ट फिल्म ...