बजेटमा फिल्मः बनेपामा फिल्म स्टुडियो

KalakarmiKalakarmiSourceMay 28, 20241 min read
बजेटमा फिल्मः बनेपामा फिल्म स्टुडियो
(सांकेतिक तस्विर) काठमाडौं– सरकारले नेपाली फिल्महरु छायांकन गर्नका लागि आवश्यक स्टुडियो निर्माणको कामलाई अगाडि बढाउने घोषणा गरेको छ । मंगलवार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले काभ्रेको बनेपामा फिल्म स्टुडियो निर्माणको काम प्रारम्भ गरिने बताएका छन् । अर्थमन्त्री पुनले दोलखामा सार्वजनिक तथा निजी साझेदारीमा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माण गरिने समेत बताएका छन् । स्टुडियो निर्माण र फिल्म सिटीसहितका आयोजनाका लागि सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपा नगरपालिका वडा नं। ...