जेठको तेस्रो सातादेखि फ्लोरमा जाँदै ‘ऊनको स्वीटर’

KalakarmiKalakarmiSourceMay 22, 20241 min read
जेठको तेस्रो सातादेखि फ्लोरमा जाँदै ‘ऊनको स्वीटर’
काठमाडौं– प्री–प्रोडक्सनको चरणमै चर्चामा रहेको फिल्म ‘ऊनको स्वीटर’ को उपत्यका तथा मोफसलमा वितरणका लागि वितरकहरुसंग सम्झौता भएको छ । निर्माण टिमले उपत्यका वितरण अधिकारका लागि गोविन्द शाहीको काफिया फिल्मस् तथा मोफसल वितरणका लागि कुवेर सिने डिस्ट्रिब्युसन प्रालिसँग सम्झौता गरेको छ । वितरक फाइनल भएसंगै निर्माण टिम आगामी जेठको तेस्रो सातादेखि फ्लोरमा जाने तयारी गरेको छ । निर्देशक नवीन चौहानका अनुसार अब जेठ २५ बाट फिल्मको छायांकन प्रारम्भ हुनेछ । फिल्मलाई पाँचथरका विभिन्न स्थानमा खिचिने छ । फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय छ । तीन महिनाअघि ...