काठमाडौं– काठमाडौं महानगरपालिकाले युनेस्को रचनात्मक सहरमा ‘चलचित्र विधा’ को प्रमाणपत्र ग्रहण गरेको छ ।
काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले आयोजना गरेको ‘चलचित्र नीति संवाद’ तथा ‘युनेस्को चलचित्र सहर’ को प्रमाणपत्र ग्रहण कार्यक्रममा युनेस्कोका नेपाल प्रतिनिधि प्रमुख माइकल क्राफ्टले महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई प्रमाण पत्र हस्तान्तरण गरेका छन् ।
महानगरपालिकाले आयोजना गरेको ‘चलचित्र नीति संवाद’ कार्यक्रमको समापन अवसरमा प्रमाण पत्र हस्तान्तरणसँगै ‘महानगरपालिका चलचित्र सहरको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरिएको थियो ।
त्यस अवसरमा बोल्दै उपप्रमुख डंगोलले, रचनात्मक सहरका लागि भएका ७ वटा विधामध्ये चलचित्र विधाले अन्य सबै विधालाई समेट्न ...
काठमाडौंलाई युनेस्को ‘चलचित्र सहर’ को प्रमाणपत्र


