दर्शकलाई कन्फ्यूज बनाउन नचाहने पूजा

KalakarmiKalakarmiSourceMay 19, 20241 min read
दर्शकलाई कन्फ्यूज बनाउन नचाहने पूजा
काठमाडौं– अहिले अभिनेत्री पूजा शर्मा आफ्नो प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दान्भी’ को प्रचार–प्रसारको योजना बनाउँदै छिन् । त्यसो त प्रारम्भमा यी अभिनेत्री पनि आफ्नो नयाँ फिल्मलाई जेठ १० गते अर्थात बुद्ध पूर्णिमाको दिन नै प्रदर्शन गर्ने लक्ष्य लिएकी थिइन् । यद्यपि, केही साताअघि नै उनले फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिन् । अब यो फिल्म असार ७ गतेदेखि प्रदर्शनमा आउने छ । अभिनेत्री शर्माले आफ्नो फिल्मलाई नयाँ डेटमा प्रदर्शन गर्ने निर्णयको पनि विभिन्न टिका–टिप्पणी भयो । कतिपयले उनलाई पुजार सार्की तथा फर्की फर्कीसंग डराएर आफ्नो रिलिज डेट सारेको आरोप लगाए ...