कथावाचक साइग्रेसको कथा ‘अधुरो प्रेम’ मा फिल्म बन्ने

KalakarmiKalakarmiSourceMay 19, 20241 min read
कथावाचक साइग्रेसको कथा ‘अधुरो प्रेम’ मा फिल्म बन्ने
काठमाडौं– कथावाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’ मा आधारित भएर नयाँ फिल्म बन्ने भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’ को ६०औँ शृङ्खलामा साइग्रेस आफैँले यो फिल्म निर्माण हुने घोषणा गरे। यो फिल्मलाई शिशिर खातीले निर्देशन गर्ने तथा त्यसअघि फिल्म ‘रङ्गेली’ बनाएको कम्पनी प्लानेट थ्री फिल्म्सले निर्माण गर्ने तय भएको छ । फिल्मको कार्यकारी निर्माताको रूपमा अर्जुन सुवेदी रहेका छन् । फिल्मको घोषणा गर्दा यसको थिम पोस्टर पनि सार्वजनिक गरिएको थियो । यो फिल्मको शीर्षक पनि अडियो नोभेलको नामबाट ‘अधुरो प्रेम’ नै राखिएको छ ...