कलाकार कोपिला थापालाई चलचित्रकर्मी कल्याणकारी कोषको आर्थिक सहयोग

KalakarmiKalakarmiSourceMay 18, 20241 min read
कलाकार कोपिला थापालाई चलचित्रकर्मी कल्याणकारी कोषको आर्थिक सहयोग
काठमाडौं– चलचित्र विकास बोर्डको चलचित्रकर्मी कल्याणकारी कोषले केही महिनाअघि भारतमा भएको सवारी दुर्घटनामा परि गम्भिर घाइते भएकी कलाकार कोपिला थापालाई आर्थिक सहयोग गरेको छ । भारतको चण्डीगढमा भएको सवारी दुर्घटनामा परेर घाइते भएकी कलाकार थापालाई शनिवार कल्याणकारी कोषका संयोजक कलाकार वसुन्धरा भुसालसहितको समुहले आर्थिक सहयोग हस्तान्तरण गरेको हो । कल्याणकारी कोषले कलाकार थापको स्वास्थ्य उपचारका लागि नगद दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनक दीप पराजुलीका अनुसार आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा सयोजक वसुन्धरा भुसालका साथै सदस्यहरु मोहन निरौला, दीपश्री निरौला, जनक दीप ...