विज्ञापनहुँदै फिल्ममा आएका इन्जिनियर, भन्छन्– ‘अनमोलसंग स्क्रिन शेयर गर्दा नर्भस थिएँ’

KalakarmiKalakarmiSourceMay 17, 20241 min read
विज्ञापनहुँदै फिल्ममा आएका इन्जिनियर, भन्छन्– ‘अनमोलसंग स्क्रिन शेयर गर्दा नर्भस थिएँ’
काठमाडौं– पेशागत रुपमा रवि काफ्ले इञ्जिनियर हुन् । उनी अब भने कलाकारका रुपमा दर्शकमाझ आउँदैछन् । यही जेठ १० गतेदेखि रिलिज हुने फिल्म ‘फर्की फर्की’ मा उनी अभिनेता अनमोल केसीको साथी सुबासको भूमिकामा देखिँदैछन् । आफ्नो साथी दिनेश सुवेदीमार्फत निर्माता रोहित अधिकारी र निर्देशक सुयोग गुरुङको सम्पर्कमा आएका रविले अडिसन दिएपछि ‘फर्की फर्की’ का लागि छानिएका हुन् । ‘म पेशाले इञ्जिनियर भए पनि सन् २०१७ देखि हामीले विज्ञापन कम्पनी सुरु गरेका थियौं । त्यो कम्पनीमा म क्रिएटिभ डिपार्टमा काम गर्थेँ । बाल्यकालदेखि नै फिल्मप्रति रुची थियो । कम्पनीमार्फत नै बनाइएका म्युजिक ...