काठमाडौं- जहिलेदेखि रवि लामिछाने राजनीतिमा होमिए, उनी प्रायःजसो समाचारको हेडलाइन बनि नै रहेका छन् ।
अहिले पनि उनका बारेमा दिनहुँ समाचार प्रकाशित/प्रसारित भइरहेकै छन् । यसैबीच, बिहीवार रवि लामिछाने र निकिता पौडेल लामिछानेको वैवाहिक वर्षगाँठको उपलक्ष्यमा रविले निकिताका लागि केहि लाइन भावुक भनौसहितको पोस्ट शेयर गर्दै वैवाहिक वर्षगाँठको शुभकामना दिएका छन् ।
उनको उक्त पोस्टमा हजार्रौ लाइक र कमेन्ट आइरहेकै छन् । उनको उक्त पोस्टमा सर्वसाधारणदेखि सेलिब्रिटीले समेत कमेन्ट गरेर शुभकामना दिइरहेका छन् ।
अभिनेता दिपक राज गिरीले भने शुभकामना दिँदै रविलाई केहि सल्लाह र शान्त्वना पनि दिएको बुझिन्छ । ...
रवि लामिछानेलाई दिपकराजको शान्त्वना- ‘फोहोर पोखरीमा हाम फालेपछि दुर्गन्धमुक्त हुन गाह्रो हुन्छ’


