नयाँ फिल्म बनाउँदै अर्जुन कुमार, प्रोडक्सन हेडमा पाण्डे नियुक्त

KalakarmiKalakarmiSourceMay 14, 20241 min read
नयाँ फिल्म बनाउँदै अर्जुन कुमार, प्रोडक्सन हेडमा पाण्डे नियुक्त
काठमाडौं– फिल्मकर्मी अर्जुन कुमारले नयाँ फिल्म निर्माण गर्ने घोषणा गरेका छन् । शीर्षक सार्वजनिक गर्न बाँकी रहेको उक्त फिल्मका लागि निर्माता अर्जुन कुमारले प्रोडक्सन हेडमा फिल्मकर्मी शंकर पाण्डेलाई नियुक्त गरेका छन् । ‘फिल्मको शीर्षक केही समयपछि घोषणा गर्नेछौं, अर्जुन कुमारले प्रोडक्सन हेडको नियुक्तिसंगै फिल्मका कलाकार तथा प्राविधिकहरु अनुवन्ध गर्ने कार्यको थालनी भएको समेत स्पष्ट पारेका छन् । अर्जुन कुमारले द यूगदेखि यूगसम्म, चपली हाइट, चपली हाइट–२, फिटकिरी, फाटेको जुत्ता, चपली हाइट ३ आदि फिल्महरु निमार्ण गरिसकेका छन् ।