‘लण्डन टु पेरिस’को टिजर सार्वजनिक

Thulo PardaThulo PardaSourceMay 10, 20241 min read
‘लण्डन टु पेरिस’को टिजर सार्वजनिक
काठमाडौं। जेठ १० गते रिलिज हुने नेपाली चलचित्र ‘लण्डन टु पेरिस’को टिजर सार्वजनिक भएको छ। टिजरबाट यो चलचित्र  मा ‘ट्राभल-रोमान्टिक’ कथामा बनेको अनुमान गर्न सकिन्छ। यसमा युवायुवतीको प्रेम, रोमान्स र बिछोडको कथा देखाइएको छ। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नव कलाकार निश्चल खड्कालाई टिजरमा महत्त्व दिइएको छ भने गरिमा शर्मा र कबिर खड्कालाई थोरै स्थान दिइएको छ। घनश्याम लामिछानेले निर्देशन गरेको यस चलचित्रमा लण्डनदेखि पेरिससम्मका दृश्यहरू हेर्न पाइनेछ। गौतम प्रोडक्सन र अर्किड भेस फिल्म्स प्रालिसँगको सहकार्यमा यो चलचित्रलाई एबी इन्टरनेसनलले निर्माण गरेको हो। यसमा कथा, पटकथा र संवाद प्रदीप भारद्वाजको छ। अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन्। सनिश खकुरेल र अजित केआर थापा सह-निर्माता रहेको यसका कार्यकारी निर्माता अङ्कित गौतम, सुरज कुँवर र विजय भण्डारी हुन्। आरआर फिल्मस्ले नेपालभर वितरण गर्नेछ। टिजरः