नवराज विकलाई सम्झाउने ‘पुजार सार्की’ को ट्रेलर

KalakarmiKalakarmiSourceMay 9, 20241 min read
नवराज विकलाई सम्झाउने ‘पुजार सार्की’ को ट्रेलर
काठमाडौं– दुई दिनअघि अर्थात वैशाख २५ गते मंगलवार सार्वजनिक भएको फिल्म ‘पुजार सार्की’ को ट्रेलरले दर्शकको मन जितेको छ । दुई दिनमै झण्डै साढे दश लाख पटक हेरिएको फिल्मको ट्रेलरलाई अत्यधिक रुचाइएको छ । पुजार सार्कीको ट्रेलरमा प्रस्तुत गरिएको अभिनेतात्रय आर्यन सिग्देल, प्रदिप खड्का तथा पल शाहको लूक्सलाई पनि दर्शकले उत्तिकै मन पराएका छन् । ट्रेलरबारेमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । यसै क्रममा अधिकांशले ट्रेलर हेर्दा २०७७ जेठ महिनामा रुकुम पश्चिममा घटेको एउटा हृदयविदारक घटनालाई सम्झिएका छन् । रुकुम पश्चिमको एउटा गाउँमा जात नमिल्ने भन्दै नवराज विक तथा सुष्मा मल्लबीच प्रेम ...