काठमाडौं– जेठ १० गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘पुजार सार्की’ का अभिनेता पल शाहले यो फिल्ममा अन्य कलाकारहरू जस्तै आफ्नो पनि महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
फेसबुकबाट आफ्ना प्रशंसकलाई सम्बोधन गर्दै शाहले निर्देशकको दृष्टिकोणबाट आफूलाई सृजनशील शैलीले ट्रेलरमा देखाइएको जनाएका छन् ।
उनले लेखेका छन्– ‘निर्देशकको आफ्नो दृष्टिकोणबाट ट्रेलरमा मलाई जति देखाउनु भएको छ, त्यो निकै सृजनशील र कौतुहलता जगाइराख्ने प्रकृतिको छ । फिल्ममा मेरो भूमिकाबारे चासो राख्नु हुने सबैमा जेठ १० गतेदेखि नेपालभरका दर्शकहरूलाई चलचित्र हलमा चुले निम्तो दिन चाहन्छु। हामी हलमै भेटौँला है।’
पलले ‘पुजार सार्की’ को ...
‘पुजार सार्की मेरो लागि निकै महत्वपूर्ण छ’: पल शाह, अभिनेता


