काठमाडौं – शुक्रबारदेखि रिलिज भएको ‘मनसरा’ ले नयाँ गीत रिलिज गरेको छ ।
फिल्मले आइतवार ‘एक तार मनको’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा हर्क साउदको शब्दमा सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ ।
गीतको भिडियोमा फिल्ममा ‘दधिराम पोखरेल’ पात्रमा अभिनय गरेका प्रविण खतिवडा र ‘तान्छो’को भूमिकामा बाल कलाकार नेनाहाङ राईमाथि फिल्माइएको छ ।
करिब साढे दुई मिनेट लामो गीतमा सन्तान सुख भोग्नबाट बञ्चित दधिरामलाई ‘तान्छो’ सँगको निकटतालाई प्रस्तुत गरिएको छ ।
गीतले यिनै भावहरुलाई पस्किएको छ। फिल्ममा नेनाहाङ अभिनेत्री मिरुना मगरका छोरा बनेका छन् ।
हाल प्रदर्शनरत यो फिल्मले दर्शकसँगै समीक्षकहरुबाट ...
‘मनसरा’ रिलिज भएको पाँच दिनपछि नयाँ गीत


