‘वसन्त’ मार्फत निर्देशनमा डेब्यू गर्दै प्रकाश सपूत, चैते दशैँमा प्रदर्शन

KalakarmiKalakarmiSourceMay 5, 20241 min read
‘वसन्त’ मार्फत निर्देशनमा डेब्यू गर्दै प्रकाश सपूत, चैते दशैँमा प्रदर्शन
काठमाडौं– कलाकार प्रकाश सपूतले फिल्म निर्देशनमा डेब्यू गर्ने औपचारिक घोषणा गरेका छन् । आइतवार काठमाडौंमा आयोजित एक समारोहमा सपूतले आफ्नो निर्देशनमा बन्ने पहिलो फिल्मको शीर्षक ‘वसन्त’ भएको घोषणा गरेका छन् । मोहन विश्वकर्मा, अनुरोध भट्टराई तथा नेन्सी शेरचनको संयुक्त लगानीमा निर्माण हुने उक्त फिल्मले दलित युवकको प्रेम कथा बोल्ने निर्देशक सपूतले बताए । फिल्मको मुख्य भूमिकामा गायक सपूत नै प्रस्तुत हुनेछन् । उनलाई जोडीको रुपमा अभिनेत्री स्वस्तिमा खड्काले साथ दिनेछिन् । गलबन्दी प्रमेडक्सनको प्रस्तुतिमा तयार हुने यो फिल्मको कथा पनि गायकबाट निर्देशक बन्न लागेका सपूतले नै तयार पारेका छन् । ...