पूर्वी नेपालका सिनेमा हलमा ‘मनसरा’ टीम, बिहानी शोदेखि नै हाउसफूल

KalakarmiKalakarmiSourceMay 3, 20241 min read
पूर्वी नेपालका सिनेमा हलमा ‘मनसरा’ टीम, बिहानी शोदेखि नै हाउसफूल
काठमाडौं– कवि उपेन्द्र सुब्बाद्वारा निर्देशित दोस्रो फिल्म ‘मनसरा’ आज शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । बुधवार काठमाडौंमा प्रीमियर गरिएको फिल्मको बिहीवार साँझ क्युएफएक्स विराटनगरमा प्रीमियर गरिएको थियो । फिल्मले दुवै ठाउँको प्रीमियरमा उपस्थित पाहुनाबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो । बिहीवार प्रीमियरको लागि पूर्वी नेपालको विराटनगर पुगेको फिल्मको टीमले शुक्रवार विभिन्न सिनेमा हलमा पुगेर दर्शक प्रतिक्रिया लिएको थियो । पूर्वका विराटनगर, इटहरी तथा धरानका विभिन्न हलमा पुगेको फिल्मको निर्माण टीमले दर्शकसँग भेटेर साक्षात्कार गरेको हो । फिल्मको शुक्रवार राजधानीमा बिहानी शोमा दर्शक अकुपेन्सी मध्येम रहे पनि दिउँसोदेखि बढेको पाइएको छ । मोफसलमा ...