काठमाडौं– अहिले बजारमा सर्वाधिक लोकप्रिय भएको गीत कुन हो ? भनेर जिज्ञासा राख्दा अधिकांशको एउटै जवाफ आउन सक्छ– ‘बुझिन मैले, बुझाइ देउ कसैले…।’
आजदेखि प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको सुलक्षण भारती तथा केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ को गीत हो यो ।
यूट्युबमार्फत सार्वजनिक भएको छोटो अवधिमै एक करोड बढी भ्यूज पाउने यो गीतले फिल्मलाई व्यवसायिक रुपमा सफल बनाउन ठूलो भूमिका निर्वाह गरिरहेको छ भन्दा फरक नपर्ला ।
यो गीतलाई फिल्मको व्यवसायलाई शत प्रतिशत साथ त दियो नै, साथै गायिका समीक्षा अधिकारीको सांगीतिक करियरलाई समेत सफलताको शिखरमा नै पुर्याइदियो । ...
रोकिएन पूजालाई समिक्षाको प्रहार


