हिरो बन्दै कुल ब्वाइ, ‘होस्टेल ३’ मा अनुबन्धित

KalakarmiKalakarmiSourceMay 3, 20241 min read
हिरो बन्दै कुल ब्वाइ, ‘होस्टेल ३’ मा अनुबन्धित
काठमाडौं– नयाँ नेपाली फिल्म क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको नेपाली फिल्म सीरीज ‘होस्टेल’ को तेस्रो भाग ‘होस्टेल ३’ मा ‘कुल ब्वाइ’ को नामबाट परिचित पारस बम अनुबन्धित भएका छन् । टिकटकरहुँदै इन्टरनेटमा भिडियो कन्टेन्ट क्रिएटरको रूपमा चर्चित बमलाई फिल्मको महत्वपूर्ण भूमिका तथा प्रमुख पात्रहरूमध्ये एकको लागि लिइएको निर्देशक सशान कँडेलले बताएका छन् । होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनएजर्स तथा उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहेर बन्न लागेको यो फिल्मबाट डेब्यु गर्न लागेका पारस गायक समेत हुन् । उनका कान्छी कता हिँडेको, बुवाको नाक होस् लगायतका गीतहरू चर्चित छन् । जुन पात्र फिल्मको ...