प्रधानमन्त्री दाहाल दुबईबाट आज साँझ स्वदेश फर्किने

KalakarmiKalakarmiSourceDec 3, 20231 min read
प्रधानमन्त्री दाहाल दुबईबाट आज साँझ स्वदेश फर्किने
काठमाडौं– जलवायु परिवर्तनको सम्मेलनमा सहभागी हुन दुबई गएका प्रधानमन्त्री पुष्पकमल दाहाल आइतवार स्वदेश फकिँदै छन् । प्रधानमन्त्री दाहाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन ९कोप २८० मा सहभागि हुन मंसिर १३ गते दुबई गएका थिए । कोप २८ मा प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी कार्वन उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष र हानिकारक असर भोगिरहेको बताएका थिए । शनिबार पर्वतीय देशहरुको एजेण्डा उठाउन आयोजित उच्च स्तरीय कार्यक्रममा अध्यक्षता गर्दै ‘हिमालको पुकारः जलवायु संकटबाट हामीलाई कसले बचाउने छ ?’ भन्ने विषयको छलफललाई सम्बोधन गर्दै जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदा ...