काठमाडौं– वैशाख १४ गते शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बोक्सीको घर’ पाइरेसीको शिकार भएको अनुमान गरिएको छ ।
व्यवसायिक रुपमा सफलता हासिल गरिरहेको सुलक्षण भारतीद्वारा निर्देशित यो फिल्म प्रदर्शनको पाँचौं दिनमा आइपुग्दा पाइरेसी भएको आशंका गरिएको छ ।
अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको यो फिल्मलाई दर्शकले सिनेमा हलमै गएर हेरिरहेको बेला अचानक पाइरेसी भएको हुनसक्ने जानकारी फिल्मको डिजिटल अधिकारी खरिदकर्ता ओएसआर डिजिटलले एउटा प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ ।
ओएसआर डिजिटलका प्रमुख प्रशासकीय अधिकृत सुमित्रा थापाद्वारा मंगलवार जारी विज्ञप्तीमा ‘बोक्सीको घर’ का केही अंशहरु पाइरेसी गरी अनधिकृत रुपमा विभिन्न सामाजिक सञ्जालमा ...
‘बोक्सीको घर’ का केही अंश पाइरेसी, सञ्जालबाट नहटाइए एक लाख रुपैयाँ जरिवानादेखि ६ महिनासम्म कैद


