‘पुजार सार्की’ को ‘रिमै’: गीतका दृष्यहरुमा झल्किन्छ फिल्मको थीम (भिडियो)

KalakarmiKalakarmiSourceApr 30, 20241 min read
‘पुजार सार्की’ को ‘रिमै’: गीतका दृष्यहरुमा झल्किन्छ फिल्मको थीम (भिडियो)
काठमाडौं– आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ । मङ्गलवार युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतका दृश्यहरूले फिल्मको थिम प्रस्तुत गरेका छन् । यो गीतमा फिल्ममा पुजारको चरित्र निर्वाह गरेका अभिनेता आर्यन सिग्देल तथा अभिनेत्री अञ्जना बराइली, मैतबहादुरको चरित्रमा रहेका अभिनेता प्रदीप खड्का तथा अभिनेत्री परीक्षा लिम्बुको अन्तर–जातीय प्रेम, दोधारमा परेका अभिनेता पल शाहलाई देखाइएको छ । गीतमा दिनेश राउतका शब्द र सुवास भुसालको सङ्गीत रहेको छ भने देवेन्द्र बराल र मुना ठटालको स्वर रहेको छ । यसअघि सार्वजनिक गीत ...