काठमाडौं– अभिनेत्री पूजा शर्माको अभिनयका साथै लगानी पनि रहेको फिल्म ‘दान्भी’ आगामी जेठ १० गते रिलिज नहुने भएको छ ।
‘दान्भी’ पूर्व निर्धारित मितिमा रिलिज नहुने खबर त केहि समय अगाडि नै आइसकेको थियो, यद्यधि पूजाले भने आइतवारमात्र औपचारिक रुपमा यो कुराको जानकारी गराएकी छिन् ।
अभिनेत्री शर्माले ‘दान्भी’ अब कहिले रिलिज गर्ने भन्ने बारेमा सोमवार अर्थात वैशाख १७ गते जानकारी गराउने भएकी छिन् ।
यसैबीच, धेरैले ‘दान्भी’ टीमले गरेको उक्त निर्णयको स्वागत गरेका छन् भने कतिले पूजालाई अनमोल केसी र प्रदीप खड्कासँग डराएको भन्ने शैलीका प्रतिक्रिया दिएका छन् । ...
पूजालाई प्रश्न– ‘डराएको हो ?’


