चलचित्रकर्मी कल्याण कोषबाट तीन जना कलाकारलाई आर्थिक सहयोग, कोषमा सहयोग गर्ने व्यक्तित्वहरु सम्मानित

KalakarmiKalakarmiSourceApr 27, 20241 min read
चलचित्रकर्मी कल्याण कोषबाट तीन जना कलाकारलाई आर्थिक सहयोग, कोषमा सहयोग गर्ने व्यक्तित्वहरु सम्मानित
काठमाडौं– चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषले शुक्रवार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै क्यान्सर पीडित तथा दुर्घटनामा परी घाइते भएका तीन जना चलचित्रकर्मीहरूलाई उपचार खर्चको रुपमा चार लाख रुपैयाँ उपलब्ध गराएको छ । समारोहमा क्यान्सर पीडित कलाकार सुमन सागर जंग केसीलाई एक लाख रुपैयाँ, क्यान्सर पीडित कलाकार बाबु लामालाई एक लाख रुपैयाँ तथा केही साताअघि भारतमा दुर्घटनामा परी गम्भिर घाइते भएकी कलाकार कोपिला थापालाई उपचारका लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कोषले आर्थिक समस्याबाट गुज्रिरहेका कलाकारहरुलाई आर्थिक सहयोग गर्दै आइरहेको छ । यसैबीच, शुक्रवार आयोजित समारोहमा चलचित्रकर्मी कल्याणकोषमा ...