रायपुर- भारतले अष्ट्रेलिया विरुद्धको टी२० शृङ्खला जितेको छ ।
भर्खरै सम्पन्न पाँच खेलको शृङ्खलाको चौथो खेल भारतले २० रनले जितेको छ । आजको जीतसँगै भारतले जारी शृङ्खला ३-१ ले जितेको हो ।
आजको खेलमा भारतले दिएको १७५ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।
लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाको सुरुवात आक्रामक रहेको थियो । उसले तीन ओभरमै ४० रन बनाएको थियो । ट्रेविस हेडले दीपक चाहरको एक ओभरमा २२ रन बनाएका थिए ।
भारतका लागि पहिलो सफलता रवि बिश्नोईले दिलाए । उनले ...
भारतले जित्यो अस्ट्रेलियाविरुद्धको टी२० शृङ्खला, चौथो खेलमा २० रनले विजयी


