काठमाडौं– परिवर्तन नेपाल तथा निशा घिमिरे स्मृति कोषले बिहीवार राजधानीमा संयुक्त रुपमा सम्मान तथा पुरस्कार कार्यक्रमको आयोजना गरेको छ ।
परिवर्तन नेपालद्वारा स्थापित १५ हजार रुपैयाँ राशिको चेतन कार्की स्मृति पुरस्कार निर्देशक आकाश अधिकारीलाई तथा निशा घिमिरे स्मृति कोषद्वारा स्थापित निशा घिमिरे स्मृति सम्मान निर्देशक दयाराम दाहाललाई प्रदान गरिएको छ ।
समारोहमा अभिनेत्री तथा मोडल अनु शाहलाई नगद २० हजार रुपैयाँसहित निशा घिमिरे स्मृति पुरस्कार प्रदान गरिएको छ भने निशा घिमिरे स्मृति प्रतिभा पुरस्कारबाट मोडल तथा गायिका बबिता ढकाललाई नगद २० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिएको छ ।
समारोहमा सञ्चारकर्मी गीता ...
परिवर्तन नेपालद्वारा चेतन कार्की स्मृति पुरस्कार अर्पण


