ट्रेलरको प्रभावपछि विदेशमा माग बढाउँदै ‘फर्की फर्की’

KalakarmiKalakarmiSourceApr 24, 20241 min read
ट्रेलरको प्रभावपछि विदेशमा माग बढाउँदै ‘फर्की फर्की’
काठमाडौं– अभिनेता अनमोल केसीको नयाँ फिल्म ‘फर्की फर्की’ को विदेश अधिकार धमाधम विक्री भइरहेको छ । फिल्मका निर्माता रोहित अधिकारीका अनुसार फिल्मको ट्रेलर सार्वजनिक भएपछि विदेशबाट फिल्मको माग उच्च भएको हो । ट्रेलर सार्वजनिक भएपछि एकाएक चर्चामा रहेको फिल्म यो फिल्मलाई जापानमा सुभाष लामिछानेले वितरण गर्ने पक्का भएको छ भने दक्षिण कोरियामा फिल्मको वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्टले लिएको छ । नेपाली फिल्मका लागि सर्वाधिक राम्रो मानिएको अष्ट्रेलियाको बजारमा ब्ल्याक आई क्रियशनले फिल्म वितरणको जिम्मा लिएको छ भने हङकङमा यो फिल्मलाई ओपिजी फिल्म्सले विक्री गर्नेछ । यीबाहेक अन्य देशमा पनि ...