मेयरः राजनीतिक फिल्मको वास्तविक स्वाद पस्किँदै

KalakarmiKalakarmiSourceApr 23, 20241 min read
मेयरः  राजनीतिक फिल्मको वास्तविक स्वाद पस्किँदै
काठमाडौं– दीपेन्द्र के खनालको निर्देशनमा बनिरहेको नयाँ नेपाली फिल्म ‘मेयर’ प्रि–प्रोडक्सनको अवस्थादेखि नै चर्चामा छ । हाल पोष्ट प्रोडक्सनमा रहेको यो फिल्मको छायांकन काठमाडौंको मल्ल होटेलबाट प्रारम्भ भएको थियो भने सर्लाहीबाट सिन्धुलीसम्म पुगेर यसका महत्वपूर्ण दृष्यहरु छायांकन गरिएको छ । यद्यपि, अधिकांश छायांकन सर्लाहीका विभिन्न लोकेशनमा गरिएको यो फिल्मलाई निर्देशक खनालले ‘विशेष’ भन्दै आएका छन् । आफ्नो सोचाइभन्दा कम्फर्ट जोनमा छायांकन गरिएको यो फिल्मबाट उनी वास्तवमै निकै आशावादीसमेत छन् । फिल्मको एउटा दृष्यटमा उनलाई हजारौंको क्राउडको आवश्यकता पर्यो । यद्यपि, उनले उक्त दृष्यका लागि अपेक्षा गरेभन्दा पनि ठूलो क्राउड फेला ...