काठमाडौं- रामेछापमा आयोजित तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ ।
शनिवार सम्पन्न महोत्सवमा निर्देशनतर्फ ‘दिमाग खराब’बाट निश्चल बस्नेत सर्वोत्कृष्ट घोषित भए ।
अभिनेत्रीतर्फ ‘दिमाग खराब’ बाट स्वस्तिमा खड्का सर्वोत्कृष्ट हुँदा ‘नाङ्गो गाउँ’ बाट दयाहाङ राई सर्वोत्कृष्ट अभिनेता भए ।
यस्तै सर्वोत्कृष्ट घोषित ‘सतीदेवी’ पटकथामा पनि आफ्नो कब्जा जमायो। अभिनेत्री मलिका महतले यही फिल्मबाट बेस्ट एक्ट्रेस जुरी मेन्सन अवार्ड जितिन् भने सत्यराज चौलागाईं निर्देशित तथा मुकुन भुषाल अभिनित ‘विच्छेद’ले जुरी मेन्सन अवार्ड जित्यो । यस्तै रंग संयोजनमा ‘दिमाग खराब’का राजेन्द्र मोक्तान सर्वोत्कृष्ट भए।
यसैगरी सर्ट फिल्मतर्फ ...
तेस्रो संस्करणको ग्रामीण चलचित्र महोत्सव: ‘सतीदेवी’ र निश्चल बस्नेत उत्कृष्ट


