प्रोमोशनल र्याप गीतमा ‘खजुरे ब्रो’

KalakarmiKalakarmiSourceApr 21, 20241 min read
प्रोमोशनल र्याप गीतमा ‘खजुरे ब्रो’
काठमाडौं– आगामी वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘खजुरे ब्रो’ को प्रोमोसनल गीत सार्वजनिक गरिउको छ । शनिवार ‘मनि मनि’ बोलको र्याप गीत रिलिज गरिएको हो । यो गीतमा पछिल्लो समयका चर्चित र्यापर कुशल पोखरेलको शब्द तथा स्वर रहेको छ । केपासले यसलाई संगीतबद्ध गरेका छन् । यो गीतमा पैसाको वयान गरिएको छ । बलिउडमा प्रोमोसनका लागि यो शैलीका भिडियोहरु बनाउने र फिल्मको प्रोमोसन गर्ने प्रचलन छ । त्यही शैलीलाई अनुशरण गर्दै ‘खजुरे ब्रो’ को प्रोमोशनका लागि यो गीत तयार पारिएको निर्देशक सुरज सुनुवारले बताएका छन् ...