काठमाडौं– यही वैशाख १४ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘बोक्सीको घर’ सेन्सर बोर्डबाट यूनिभर्सल (यू) सर्टिफिकेट पाएको छ । यो फिल्म अब सबै उमेरका दर्शकले हेर्न पाउने छन् ।
सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा केकी अधिकारी, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला, सुपला सापकोटा आदि कलाकारले अभिनय गरेका छन् ।
निर्देशक भारतीका अनुसार सामाजिक थ्रिलर जनरामा निर्माण भएको यो फिल्मले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गरेको छ ।
महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर यो फिल्म निर्माण भएको हो ।
केकी ...
‘बोक्सीको घर’ सबैले हेर्न पाउने


