काठमाडौं– आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली फिल्म ‘पुजार सार्की’ को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक गरिएको छ ।
शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको यो गीत मगर जातिहरूको परम्परा अनुसारको लोकप्रिय कौडा नृत्यमा आधारित छ ।
यो गीतमा तीन सुपरस्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुले मगर पहिरनमा सजिएर सामूहिक कौडा नृत्य गरेका छन् ।
कास्कीको जिल्लाको धम्पुसमा छायाङ्कन गरिएको यसको भिडियो माछापुच्छ्रे हिमाललाई पृष्ठभूमिमा राख्दै तयार पारिएको छ । यसका कोरियोग्राफर शिशिर खाती हुन् । हर्क साउदका शब्द र ...
‘पुजार सार्की’ को पहिलो गीत सार्वजनिक, प्रमुख कलाकारको आकर्षक कौडा नृत्य


