‘रावायण’ को नयाँ कामः ‘वेलकम बोर्ड’ मा समेटिए फिल्मका प्राविधिक

KalakarmiKalakarmiSourceApr 19, 20241 min read
‘रावायण’ को नयाँ कामः ‘वेलकम बोर्ड’ मा समेटिए फिल्मका प्राविधिक
काठमाडौं– निर्देशक सुदर्शन थापाको महत्वकांक्षी प्रोजेक्ट ‘रावायण’ प्री–प्रोडक्सनकै क्रममा चर्चामा छ । यही वर्षको भदौ २१ गते अर्थात हरितालिका तीजको दिनदेखि प्रदर्शनमा आउने यो फिल्मले कलाकारदेखि प्राविधिकसम्मलाई अनुवन्धित गर्दै ‘वेलकम बोर्ड’ मार्फत आफ्नो टिममा स्वागत गरेको छ । नेपाली फिल्ममा प्राविधिकलाई पनि वेलकम बोर्डमा समेटेर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको सम्भवत ‘रावायण’ पहिलो फिल्म हो । निर्देशक सुदर्शन थापाले अधिकांश निर्माता र निर्देशकले प्रमुख कलाकारलाई मात्र ‘वेलकम बोर्ड’ मार्फत स्वागत गरेको देखिएको उल्लेख गर्दै आफूले भने प्राविधिकहरुलाई पनि समेटेको बताए । ‘कलाकारले मात्र फिल्म बन्दैन, फिल्मको महत्वपूर्ण पाटो भने प्राविधिकहरु ...