काठमाडौं- नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू छुट्ने कि थुनामा नै रहने भन्नेमा केही बेरमा फैसला आउन लागेको छ ।
हाल सो प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री बालकृष्ण खाँणलाइ थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएकाले आज फैसला आउने सम्भावना रहेको जनाइएको छ ।
अदालतमा जवाफी बहसमा खाँडलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाई थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन् ।
जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहनुभएका नेपाली कांग्रेसका नेतासमेत रहनुभएका पूर्व गृहमन्त्री खाँणलगायतको मुद्धामा केही बेरमा फैसला आउन लागेको हो ।
आज ...
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू छुट्ने कि नछुट्ने केही बेरमा फैसला आउँदै


