काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई थुनामा राख्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
आज पाटन उच्च अदालतका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले उक्त प्रकरणमा थुनामा रहेकाहरूमध्ये केही थुनामै रहने केहीलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।


