काठमाडौं– अभिनेत्री नीता ढुंगानाले आफ्नो अभिनेता श्रीमान् हरिहर अधिकारीको जन्मोत्सवको अवसर पारेर आफ्नो नयाँ फिल्म ‘ह्रस्व–दीर्घ’ को पोस्टर सार्वजनिक गरेकी छिन् ।
राम नवमीको दिन बिहान सामाजिक सञ्जालमार्फत अभिनेत्री ढुंगानाले अभिनेता अधिकारीलाई ‘ह्याप्पी बर्थडे हीरो’ भन्दै फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेकी हु्न् । पोस्टरमा अभिनेता अधिकारीका दुई भिन्न स्वरुप देख्न सकिन्छ ।
एउटा तस्विरमा उनलाई लामो कपालमा लेदरको ज्याकेट तथा चाँदीको सिक्रीमा देखिएको छ भने अर्को तस्विरमा उनको कपाल छोटो छ, निधारमा चन्दन लेपेका छन् भने पहिरनलाई पनि धार्मिक स्वरुप प्रदान गरिएको छ ।
यो वर्षको दशैँको अवसर पारेर असोज ...
हरिहरको जन्मदिनमा ‘ह्रस्व-दीर्घ’ को पोस्टर


