दर्शकमाझ प्रतिक्षित बन्दै ‘बोक्सीको घर’, फरक शैलीको प्रचार–प्रसारमा टीम

KalakarmiKalakarmiSourceApr 16, 20241 min read
दर्शकमाझ प्रतिक्षित बन्दै ‘बोक्सीको घर’, फरक शैलीको प्रचार–प्रसारमा टीम
काठमाडौं– लेखक तथा निर्देशक सुलक्षण भारतीको निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘बोक्सीको घर’ दर्शकमाझ प्रतिक्षित बन्न सफल भएको छ । पोस्टर, टीजर, गीत तथा ट्रेलर सार्वजनिक भैसकेपछि केकी अधिकारीको मुख्य भूमिका रहेको यो फिल्म दर्शकले व्यग्रताको साथ प्रतिक्षा गरिरहेका छन् । नौ दिनअघि सार्वजनिक भएको ट्रेलरले फिल्मप्रति कौतुहलता बढाएको स्वयं निर्देशक भारती तथा अभिनेत्री अधिकारीले अनुभव गरेका छन् । यो अवधिमा १२ लाख ७६ हजार पटक हेरिएको ट्रेलरमा अभिनेत्री केकी अधिकारीको अभिनयलाई अधिकांशले मन पराएका छन् । निर्देशक भारतीले अभिनेत्री केकीलाई करिव छ महिनासम्म दिएको अभिनयको प्रशिक्षणको नतिजा फिल्मको टे्रेलरमै अनुभव ...