राजेश हमाल अब ‘गोरेटो’ का ब्राण्ड एम्बास्डर

KalakarmiKalakarmiSourceApr 14, 20241 min read
राजेश हमाल अब ‘गोरेटो’ का ब्राण्ड एम्बास्डर
काठमाडौं– अभिनेता राजेश हमाल पछिल्ला दिनमा देश– विदेशमा हुने विभिन्न कार्यक्रम तथा म्यूजिक भिडियो र विज्ञापनहरुमा व्यस्त छन् । नयाँ वर्ष २०८१ मा फिल्ममा देख्न पाइने बताउँदै आएका अभिनेता हमालले हालै बबरमहलमा घोडामा चढेर एउटा ट्राफिक सचेतनामुलक टिभिसीमा अभिनय गरेका छन् । अभिनेता हमाल क्यानाडा अध्ययनको लागि गोरेटो कन्सल्ट्यान्सीको ब्राण्ड एम्बासडर बनेसँगै उनले एक वर्षसम्म गोरेटो कन्सल्ट्यान्सीका विभिन्न प्रोजेक्टहरुमा काम गर्ने प्रबन्ध निर्देशक धिरज कँडेलले जानकारी दिएका छन् । अभिनेता हमालले एक वर्षसम्म गोरेटोसँग जोडिएर काम गर्नेछन् । सामाजिक उत्तरदायित्व अन्तर्गत यो विज्ञापन ट्राफिक सचेतनाका निम्ति निकै प्रभाकारी ...