बहुसंख्यक महिलाको नेतृत्व रहेको ‘एक मुठ्ठी बादल’ को ईण्ड–क्ल्याप

KalakarmiKalakarmiSourceApr 14, 20241 min read
बहुसंख्यक महिलाको नेतृत्व रहेको ‘एक मुठ्ठी बादल’ को ईण्ड–क्ल्याप
काठमाडौं– बहुसंख्यक महिला युनिटको संलग्नता रहेको ‘एक मुठ्ठी बादल’ को सुटिङ समाप्त भएको छ । लेखक तथा निर्देशक सहारा शर्माको नेतृत्वमा यो फिल्ममा पहिलो पटक महिलाले फिल्म निर्माणका विभिन्न विभागहरूमा प्रमुखको भूमिका निर्वाह गरेका छन् । पोखराका लामाचौर र आसपासका ठाउँमा खिचिएको फिल्मको छायांकन २२ दिनमा सकिएको हो । डक्सकुल र प्लान इन्टरनेशनल नेपालले सन् २०२१ मा गरेको एक अनुसन्धानले नेपालमा फिल्मकर्मीहरू भित्रको महत्वपूर्ण लैङ्गिक असमानतालाई प्रकाश पारेको थियो । अध्ययनको निष्कर्ष अनुसार, नेपाली फिल्ममा १० प्रतिशतभन्दा कम महिलाहरूले फिल्म निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । यही कुरालाई मध्यनजर गर्दै ...