काठमाडौं- अभिनेता दयाहाङ राईको जन्मदिनमा ‘डिग्री माइला’ को शीर्ष गीत ‘म डिग्री माइला हो’ सार्वजनिक भएको छ ।
शुक्रवारदेखि प्रदर्शनमा आएको यो फिल्म आज प्रदर्शनको दोस्रो दिनमा छ ।
यो फिल्मले आज बिहानैदेखि हाउसफूल व्यापार गरिरहेको जानकारी निर्माणपक्षले दिएको छ
। सार्वजनिक गीतमा पवन गिरीको स्वर रहेको छ भने संगीत झूमा लिम्बुले तयार पारेकी हुन्। गीतमा स्वपनिल स्मृतिको शव्द रहेको छ ।
गीतमा डिग्री माइला बनेका दयाहाङ राई तथा ‘मुना’को भूमिकामा रहेकी आँचल शर्मालाई फिचर गरिएको छ। भिडियो सिनेमाको थिममा आधारित भएर तयार पारिएको छ । ।
रामबाबु गुरुङ निर्देशित सिनेमाले आफ्नो ...
दयाहाङको जन्मदिनमा ‘डिग्री माइला’ को शीर्ष गीत सार्वजनिक


